मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
 घटनास्थल बिर्तामोड :  चिरञ्जीवी घिमिरे/ नयाँ पत्रिका
२०७८ असार २८ सोमबार ०९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिर्तामोडमा एक युवती मृत फेला

Read Time : < 1 मिनेट
२०७८ असार २८ सोमबार ०९:०४:००

झापाको बिर्तामोडमा एक युवती मृत फेला परेकी छन् । बिर्तामोड-५ की २६ वर्षीय सृजना बस्नेतको शव फेला परेको हो । उनी घर अगाडि मृत अवस्थामा सोमबार बिहान भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । हत्या आशंकामा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईसहितको टोली घटना स्थलमा आएको छ ।

उनी त्यहाँ परिवारसहित डेरा बस्दै आएकी थिइन् । घटनास्थल इलाका प्रहरी कार्यालय अनारमनीबाट करिब पाँच सय मिटर पूर्वमा पर्छ । बिर्तामोडको मुख्य शहरमा यसरी शव भेटिँदा सुरक्षा व्यवस्थामाथि नै स्थानीयले प्रश्न उठाएका छन् ।