मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२०७८ असार २६ शनिबार २०:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताका समस्या र पीडालाई राजनीतिक व्यापारका रूपमा प्रयोग नगरौँ : प्रधानमन्त्री ओली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
२०७८ असार २६ शनिबार २०:४९:००

प्रधानमन्त्री केपी ओलीले जनताको समस्यामा राजनीति गरेर विकासमा बाधा पुर्‍याउने काम नगर्न सबैलाई सचेत गराएका छन् । सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि शनिबार मेलम्ची बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनतालाई नै समस्यामा पार्ने गरेर राजनीति नगर्न आग्रह गरे । उनले जनताका समस्या तथा असुविधाहरूको सम्बोधन गर्नुपर्नेमा त्यही समस्या र पीडालाई राजनीतिक व्यापारका रूपमा प्रयोग गर्ने गरिएको पाइएको भन्दै त्यस किसिमको काम नगर्न आग्रह गरे । 

उनले भने, ‘सरकार भनेको हाम्रो हो र सरकारको पैसा भनेको हाम्रो हो भनेर बुझिदिनुपर्छ । यहाँ समस्या पर्छ, यहाँ खर्च गर्नुपर्छ । अर्को ठाउँमा समस्या पर्दा अर्को ठाउँमा खर्च गनुपर्छ । एउटा प्रवृत्ति के छ भने मुआब्जा भनेपछि सरकारले कुनै काम गर्न, विकास निर्माण गर्न खोज्यो भने स्थानीय जनताबाट मुआब्जा यति बढाइदिने कि अनुचित ढंगले बढाइदिने कि त्यो आयोजना महँगो पर्ने । भरे आफैँले उपभोग गर्ने कुरा हो । आफ्नै अर्थतन्त्रमा असर पर्ने कुरा हो । महँगीको मार सबैतिर पर्छ । त्यसकारण, हामीले सरकार आफ्नो हो । सरकारसँग भएको रकम आफ्नो हो । सरकारी पैसा खुरुखुरु लुट्ने छाडातन्त्र हुन्छ र ? करप्सन कहीँ छँदै छैन, म भन्दिनँ तर हामीले करप्सन कहीँ फेला पर्‍याे भने कुनै मोलाहिजा नगरीकन करप्सन गर्नेहरूमाथि कडा कारबाही हाम्रो हुन्छ । हल्ला गर्नेहरूलाई काम गर्नुपरेका छैन । जनतालाई परेका असुविधा, पीडाहरूमा राजनीतिक व्यापार गर्ने कुरा हो र ? मैले कहीँ–कहीँ अत्यन्तै छुद्र राजनीति गरेको देख्छु ।’

बाढी प्रभावित स्थानमा तत्काल गर्नुपर्ने काम र दीर्घकालीन कामबारे योजना बनाई कार्यान्वयन गर्न आफू सबै सरोकारवाला निकायका पदाधिकारी संलग्न टिमसहित आएको उनले बताए । पुनर्निर्माणको कामलाई ठिक ढंगले र प्रभावकारी ढंगले शीघ्र अघि बढाउने संकल्पका साथ आपूफ टिमसहित पुगेको उनले बताए । उनले भने ‘अहिलेको राजनीतिक परिस्थिति साथीहरूलाई थाहा छ । यदि जनताका समस्याहरूलाई अरू कुराहरूभन्दा बढी महत्त्व दिनुपर्छ भन्ने नठान्ने हो भने आउन सक्ने स्थिति अहिले पनि होइन । तर, म किन आएँ भने जनताका समस्या सबैभन्दा ठूलो कुरा हो र जनताका समस्या समाधान गर्नु प्रमुख कर्तव्य हो । अरू कुरा जेसुकै होस् । त्यसकारण, म यहाँहरूका बीचमा आएको छु ।’

जनता, संघसंस्था र सरकार मिलेर विपद्मा परेकालाई राहत तथा उद्धारमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए । दुईवटा चाउचाउ दिएर प्रचार–प्रसार बढी गर्ने गरिएको उल्लेख गर्दै ओलीले देखाउन नभई कठिनाइ घटाउन सहयोग गर्नुपर्नेतर्फ सबैलाई सचेत गराए ।