१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार २६ शनिबार १०:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२० वर्षे युवाको पहलमा लाखौँको स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग

Read Time : < 1 मिनेट
२०७८ असार २६ शनिबार १०:५५:००

जिल्लाको पश्मिम खत्याड गाउँपालिका—३ का एक युवाको पहलमा यहाँको प्राथमिक स्वास्थ्य केन्द्रलाई लाखौँको कोभिड- १९ लक्षित स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोरोना भाइरस महामारीलाइ लक्षित गरी दुर्गममा  रहेको यस प्राथमिक स्वास्थ्य केन्द्रलाई मिराइ ग्लोबल एजुकेशन एन्ड भिजा सर्भिस नेपालको सहयोग र खत्याड गाउँपालिका–३ बरातु गाउँका युवा समाजसेवी अनिल बानियाँको एकल पहलमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

पाँच थान अक्सिजन सिलिन्डर, पाँच थान अक्सिजन कनेक्टर, दुई सय सेट पिपिई , दुई हजार पिस मास्क, ४० लिटर स्यानिटाइजर, २० लिटर हेन्ड वास्ट, २० लिटर फिनेल, दुई सय पिस भाइजर र पुट, ४० वटा कोभिड किट, होम आइसोलेसन बस्नेका लागि कोभिड किट ५० थानलगायतका स्वास्थ्य सामग्री सहयोग गरिएको छ । 

 

शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्रमै गएर उक्त सामग्रीहरू चिकित्सक र स्वास्थ्यकर्मीको रोहवरमा  हस्तान्तरण गरिएको बानियाँले बताए ।  व्यक्तिगत पहलमा आफ्नै गाउँघरमा रहेको स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । दुर्गमका जनतालाई अकालमा मृत्यु हुन नदिनका लागि आफूले थप स्वास्थ्य सामग्री र औषधिहरू सहयोगका लागि सक्दो प्रयास गर्ने समेत उनले बताए । 

बानियाँले गत साता  गाउँपालिकाभित्रकै विभिन्न गाउँबस्तीमा रहेका अपांग, एकल महिला, अनाथ बालबालिका, दलित र गरिब विपन्न परिवारवाई राहतस्वरूप दुई सय बोरा चामल, एक सय ५० पोका नुनलगायत खाद्यान्न वितरण गरेका थिए ।