मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार २५ शुक्रबार १५:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटनामा एमाले जिल्ला नेताको मृत्यु 

Read Time : < 1 मिनेट
२०७८ असार २५ शुक्रबार १५:३५:००

झापाको भद्रपुरमा शुक्रबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । चारआली-चन्द्रगढी सडक खण्डअन्तर्गत भद्रपुर- ९ देवकोटाचोकमा भएको दुर्घटनामा बिर्तामोड- १ का ज्ञानुराम प्रसाईंको मृत्यु भएको हो ।

उनी बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंका श्रीमान् हुन् । उनी सवार बा.१६च ८१८२ नम्बरको कार अनियन्त्रित भई लक्ष्मीप्रसाद देवकोटाको सालिकको कम्पाउन्डमा ठक्कर खान पुगेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते प्रसाईंलाई उपचारका लागि मेची अस्पताल पुर्‍याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको थापाले बताए । प्रसाईं एमालेका जिल्लास्तरीय नेतासमेत हुन् ।