मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २४ बिहीबार १०:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्मार्ट डोको अनलाइन स्टोरको मनसुन अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २४ बिहीबार १०:४५:००

अनलाइन मेगास्टोर स्मार्ट डोकोले ‘स्मार्ट डोको मनसुन अफर’ ल्याउने भएको छ । हालै आइएमएस ग्रुपले स्मार्ट डोको प्राप्ति गरेपछि यो अफर ल्याइएको हो ।  अफरअन्तर्गत ग्राहकले हरेक दिन एउटा सामसङ घडी जित्ने मौका पाउने जनाइएको छ । यसका लागि १ हजार ५ सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले हिमालयन बैंकका प्रिपेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याकको अफर पनि ल्याएको जनाएको छ । स्मार्ट डोकोले मनसुन र समरका सामग्रीहरू तथा इलेक्ट्रिोनिक्स, बेबी प्रडक्ट, किचनवेयर र अन्य कैयौँ सामानमा ७३ प्रतिशतसम्म छुट अफर ल्याएको जनाएको छ । कम्पनीले सामसङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बिबिलुभ, सिजीजस्ता ब्रान्डहरूमा आकर्षक अफर ल्याएको जनाइएको छ । 

स्मार्ट डोकोमा ग्राहकले विभिन्न प्रकारका क्याटेगोरी र सबक्याटेगोरीमा १० हजारभन्दा बढी प्रडक्टहरू खरिद गर्न सक्नेछन् । यहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रिोनिक्स फुड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एन्ड लिभिङ र अन्य प्रडक्टहरू सजिलै किन्न सक्ने कम्पनीले जनाएको छ । 

स्मार्ट डोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथबाहिर र काठमाडौं उपत्यकाबाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन् । यो अफर ०७८ असार २२ गतेदेखि ०७८ असार २६ गतेसम्म मान्य हुनेछ ।