१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २४ बिहीबार १२:३४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङका एआई इनेबल्ड वासिङ मेसिन बजारमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २४ बिहीबार १२:३४:००

उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले पहिलोपटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । कम्पनील इकोबबल प्रविधिको संयोजन गरिएको एआई प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड वासिङ मेसिन बजारमा ल्याएको हो । 

यो प्रविधिले कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । नयाँ मोडेलमा प्रयोग भएको हाइजिन स्टिम प्रविधिले ९९.९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरू हटाउने कम्पनीको दाबी छ । यी नयाँ मोडेलका वासिङ मेसिनले प्रयोगकर्ताहरूको लुगा धुने व्यवहारलाई बुझेर सबैभन्दा भरपर्दो वासिङ साइकलको विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ । एआईयुक्त लुगा धुने मेसिनहरू तीन विभिन्न भेरियन्टमा उपलब्ध रहेको जनाइएको छ । यसमा ग्राहकले आफूअनुकूल कस्टमाइज लन्ड्री प्रोसेस तय गर्न सक्ने जनाइएको छ । यसमा भएको एआईले लुगा धुने बानीलाई आफ्नो मेमोरीमा राख्छ र पछि त्यस्तै खालको कपडा धुँदा सोहीअनुरूप कार्य गर्ने कम्पनीले जनाएको छ । 

यसमा भएको स्मार्ट इन्टरनेट अफ थिंकस्ले इन्टरनेटको माध्यमबाट सामसङको स्मार्टफोन, स्मार्टटिभी तथा भ्वाइस डिभाइसहरू अलेक्सा र गुगल होमसँग कनेक्टेड रहेर प्रयोगकर्ताले जीवन्त अनुभव लिन सक्ने कम्पनीको दाबी छ । यसमा लन्ड्री प्लानरजस्तो सुविधा रहेकाले लुगाको रंग, प्रकार तथा ग्राहकले निर्धारण गरेको डिग्री अफ सोइलिङको आधारमा लन्ड्री रेसिपीअनुसार उत्कृष्ट लुगा धुने समय स्वतः निर्धारण गर्ने जनाइएको छ ।

यसमा भएको होम केयर विजार्डले सम्भाव्य समस्या तथा शीघ्र रूपमा ट्रबलसुटिङ गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । सामसङ नेपालका कस्टोमर इलेक्ट्रोनिक्स बिजनेस, डेपुटी जनरल म्यानेजर, आलोककुमार गुप्ताले भने, ‘हाम्रा सम्पूर्ण एआई इनेबल्ड वासिङ मेसिनहरूमा विभिन्न कपडाका लागि निर्धारण गरिएका २००० वास कम्बिनेसन तथा २.८ मिलियनको बृहत् डाटा एनालाइसिस प्वाइन्टहरू रहेका छन्, जसले गर्दा सहज धुलाइका साथै विभिन्न स्मार्ट उपकरणमार्फत सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ ।’ यसको डिजिटल इन्भर्टर टेक्नोलोजीले कम बिजुली खपत गर्नुका साथै कम आवाज निकाल्ने जनाइएको छ । यसमा एक महिनासम्मका लागि पर्याप्त हुने डिटरजेन्ट भण्डारणसमेत हुने कम्पनीले जनाएको छ । 

मूल्य : नयाँ एआई इनेबल्ड लन्ड्री वासिङ मेसिनहरू १ लाख ९ हजार ९ सय ९० रुपैयाँदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी वासिङ मेसिनहरू ८/६ केजी र १२/८ केजीको वासर ड्रायरका साथै १२ केजी वासर टाइप वासिङ मेसिनको भेरियन्टहरूमा उपलब्ध रहेको जनाइएको छ । यो वासिङ मेसिन नेपाल अधिराज्यभर रहेका हिम इलेक्ट्रोनिक्सअन्तर्गत रहेका सामसङ स्मार्ट प्लाजामार्पmत १५ प्रतिशतसम्मको क्यासब्याक तथा सहज किस्ताबन्दीमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।