मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २३ बुधबार २१:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल वार्तास्थलबाट बाहिरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २३ बुधबार २१:२५:००

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तास्थलबाट बाहिरिएका छन् । बाहिरिने क्रममा ओली र नेपालले प्रतिक्रिया दिन मानेनन् । 

कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच नक्सालस्थित एक होटेलमा बुधबार अबेर भेटवार्ता भएको हो ।

उपाध्यक्ष भीम रावलले शीर्ष नेताहरूबीच कुराकानी भएको बताए । समस्या समाधानका लागि पुनः कुराकानी हुने उनले जानकारी दिए । नेपाल पक्षबाट कार्यदल संयोजक रहेका रावलले कार्यदलमा पनि छलफल जारी रहेको जानकारी दिए । 

वार्तास्थलमा दुवै पक्षका दोस्रो तहका नेताहरू पुगे पनि ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । कार्यदल सदस्यसमेत रहेका पाण्डेले बिहीबार कार्यदलमा थप छलफल हुने जानकारी दिए ।