मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
आसाद जमाल
२०७५ फाल्गुण ९ बिहीबार ०९:२२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

पाकिस्तानमा नयाँ प्राविधिक लहर चल्न सक्छ ?

Read Time : > 3 मिनेट
आसाद जमाल
२०७५ फाल्गुण ९ बिहीबार ०९:२२:००

पुरानो जमानामा सुन र हाइड्रोकार्बनजस्ता प्राकृतिक स्रोतको आविष्कारले विश्वका अति गतिशील राष्ट्रको अर्थतन्त्रलाई चलाउँथ्यो । आजको युगमा यसको स्थान प्रविधि, नवप्रवर्तन र उद्यमशीलताले लिएको छ । आज हामीले एक वा दुई व्यक्तिले कुनै भौतिक सम्पत्तिविना नै एक प्राविधिक स्टार्टअपको सुरुवात गरेर अर्बौँ डलरको कम्पनी खडा गर्दैै आँखा झिमिक्क पार्न नपाई समग्र उद्योगलाई नै परिवर्तन गरेको देखेका छौँ । 

यो प्रविधिले चलाएको क्रान्तिबाट सम्भवतः विकासशील राष्ट्रले आफ्नो अर्थतन्त्रको आधुनिकतालाई गति दिन ठूलो अवसर प्राप्त गर्छन् । उदाहरणका लागि १३ करोडको संख्यामा युवा र ठूलो पारम्परिक अर्थतन्त्र भएको पाकिस्तान र अन्य विकासशील राष्ट्रले पनि मात्रै दुई दशकअघि प्राविधिक स्टार्टअप उद्योग सुरु गरेर हाल विश्वका शीर्ष २० डिजिटल कम्पनीमध्ये ९ वटा उद्योग रहेको चीनबाट उत्प्रेरणा लिन सक्छन् ।

सन् १९९० दशकको अन्त्यतिर इन्टरनेट स्टार्टअप संस्कृतिबाट प्रेरित भएर सिलिकन भ्यालीमा पुगेर भेन्चर क्यापिटल कम्पनी इ–प्लानेट क्यापिटलको स्थापना गरेपछि मैले चिनियाँ प्राविधिक गतिशीलतालाई पहिलोपटक अनुभव गरेँ । म यस क्षेत्रमा नयाँ भएकाले के अपेक्षा गर्ने भन्ने स्पष्ट थिएन । सन् २००० मा मैले आफ्नो नयाँ कम्पनी बाइडुका लागि आर्थिक सहयोगको खोजीमा रहेका चिनियाँ उद्यमी रोबिन लीलाई भेटेँ । पारम्परिक लगानी मापदण्डमा आधारित बाइडु सफल हुने सम्भावना एकदमै न्यून थियो । कम्पनीसँग कुनै ट्र्याक रेकर्डिङ थिएन । अनुभवी टिम र कम्पनीको आर्थिक पक्षमा पनि सीमितता थियो । तैपनि, उनीहरू गुगल र याहुजस्ता विश्वका ठूला सर्च इन्जिनलाई चुनौती दिने लक्ष्यमा अगाडि बढिरहेका थिए । 

ठूला सपना र योजना पालेका उत्साही र दूरदर्शी सोच भएका उद्यमीका लागि इन्टरनेट दुनियाँमा यस्ता बाधाहरू एकदमै सामान्य र अचुक रहेको मैले छिट्टै नै पत्तो लगाएँ । परिणामस्वरूप मेरो कम्पनी रोबिनको दृष्टिकोणमा लगानी गर्न अगाडि बढ्यो । त्यो पहिलो भेट भएको पाँच वर्षभित्र बाइडु गुगल र याहुलाई पछाडि छाड्दै चीनको इन्टरनेट सर्च उद्योगको नेता बन्ने योजनाबाट केही अघि बढ्यो । आज बाइडु अलिबाबा र टेन्सेन्टपछि चीनको शीर्ष तीन डिजिटल कम्पनी बनेको छ । रोबिन आफैँ पनि १० अर्ब डलरभन्दा बढी नेटवर्थसहित चीनको ल्यारी पेज वा बिल गेट्स बनेका छन् । 

बाइडुको कथा अन्य अरू सफल प्राविधिक कम्पनीको जस्तै छ । अलिबाबा, एप्पल, गुगल र फेसबुकजस्तै यो कम्पनी पनि अनुभवी व्यावसायिक टाइकुनको नभई युवा संस्थापकले हाँकेका थिए । यसैक्रममा, सेयर कोषका लागि बाइडु सुरुमा युवा स्टार्टअपका लागि ‘मृत्युको चुम्बन’ समान रहेको पारम्परिक बैंकको ऋणतिर नभई भेन्चर क्यापिटलप्रति निर्भर थियो । उसले पनि आफ्ना सफल अमेरिकी समकक्षीजस्तै बजारका नेताहरूका लागि कट्टरपन्थी र विघटनकारी चुनौतीहरू ल्यायो । अन्ततः पाँच वर्षमा बजार नेतृत्वको हिस्सा शून्यबाट बढाएर राम्रो गतिमा अघि बढ्छ भन्ने कुरा देखाउन बाइडु सफल भयो । 

कम्प्युटिङ र इन्टरनेटलाई कृत्रिम बौद्धिकता, नानो टेक, बायोटेक र साइबर भौतिक प्रणालीले चलाएको नयाँ प्रविधिमा परिवर्तन गर्दै त्यसयता प्राविधिक नवप्रवर्तन थप अघि बढेको छ । यहाँ दूरदर्शी उद्यमीहरूका लागि प्रशस्त सम्भावना छ । र, यहाँ पनि आफ्नो उल्लेखनीय प्राविधिक विकासलाई जारी राखेका चीन र अमेरिका नै विश्वव्यापी नेता हुन् । त्यसो भए के आर्थिक रूपमा २५ वर्षअघि चीन जुन अवस्थामा थियो, हाल त्यही अवस्थामा रहेको पाकिस्तानजस्तो विकासशील राष्ट्रलाई प्राथमिकतामा राख्न सकिन्छ त ? वर्तमान समयमा पाकिस्तानी अर्थतन्त्र पारम्परिक औद्योगिक क्षेत्र, कृषि, टेक्सटाइल, मलखाद र सिमेन्टजस्ता क्षेत्रमा बढी केन्द्रित छ । यसैकारण ऊ पहिलो र दोस्रो औद्योगिक क्रान्तिको बीचमा च्यापिएको छ । पाकिस्तान स्टक एक्सचेन्जमा सूचीकृत सबै ५ सय ५९ वटा कम्पनीको समग्र बजार मूल्य ६० अर्ब डलरबराबर छ । यो आजको शीर्ष १ सय प्रविधि कम्पनीमध्ये कुनै पनि एकल कम्पनीको बराबर मात्र हो । 

आफ्नो गरिबीको चक्रलाई तोड्न पाकिस्तानले प्राविधिक क्रान्तिमा ठूलो परिमाणमा सहभागिता बढाउन प्रेरित गर्ने खालको वातावरणको सिर्जना गर्नुपर्छ । प्रमुख सुधारको माध्यमबाट मात्रै पाकिस्तान आजको कृत्रिम बौद्धिकताको नेतृत्वमा रहेको चौथो औद्योगिक क्रान्तितर्फ छलाङ लगाउन सक्छ । यो हासिल गर्न पाकिस्तानले आफ्ना युवाहरू सबैभन्दा मूल्यवान् स्रोत भएकोबारे बुझ्न सक्छ । उनीहरूलाई शिक्षित र सशक्त बनाउँदै तिनको सफलतालाई विशेष गरी विज्ञान र प्रविधिको क्षेत्रमा लगाउनुपर्छ । उनीहरू सफल भए भने पाकिस्तान सफल बन्छ ।

समानस्तरमा रहेका पाकिस्तान र अन्य राष्ट्रका लागि खुुसीको कुरा के हो भने प्राविधिक स्टार्टअपका लागि पारम्परिक ठूला स्तरका औद्योगिक कम्पनीको तुलनामा निकै कम स्रोतको आवश्यकता पर्छ । त्यसबाहेक ठूलो औद्योगिक कम्पनीलाई धेरै पुँजी, उत्पादन केन्द्र र मेसिनरी र बैंक ऋणको आवश्यकता पर्छ भने प्राविधिक कम्पनीलाई खालि स्मार्ट मानिसको एक सानो समूह, कम्प्युटर्स, थोरै रकम र मेन्टरसिपको आवश्कयता पर्छ । 

अमेरिका र चीनले प्रस्तुत गरेझैँ प्रविधि, नवप्रवर्तन र उद्यमशीलता नै २१औँ शताब्दीमा आर्थिक सफलताका लागि चाहिने प्रमुख तŒव हुन् । पाकिस्तानमा यस्ता क्षेत्रमा प्रयोगविहीन भएका थुपै्र सम्भावनाहरू छन्, जसलाई बुझ्न आवश्यक छ । भुक्तानी धेरै ठूलो हुन सक्छ । पाकिस्तान आफ्ना अन्य समस्या समाधान गर्नका लागि थप गतिशील हुन सक्छ । युवा पाकिस्तानीहरू दुई दशकअघि चिनियाँ समकक्षी भएकै ठाउँमा छन् । उनीहरूलाई ठूलो योजना र तिनको स्थापनाका लागि प्रेरणाको आवश्यकता छ । 

पक्कै पनि यहाँ भेन्चर क्यापिटलको उपलब्धता एकदमै जरुरी छ । प्रविधि र उद्यमशीलताको प्रवद्र्धन गर्न पाकिस्तानले राष्ट्रिय भेन्चर क्यापिटल कोषको स्थापना गर्नुपर्छ । यसबाहेक आर्थिक र प्राविधिक नेताका रूपमा चीनको उदयले पाकिस्तानलाई आफ्ना छिमेकी राष्ट्रसँग सिक्न र त्यसलाई शिक्षा, विज्ञान र प्रविधिमा समायोजन गर्नका लागि अवसर प्रदान गर्छ । र, पाकिस्तानले यी क्षेत्रमा अमेरिकी र बेलायती विश्वविद्यालयसँगको ऐतिहासिक सम्बन्धलाई नियन्त्रण गर्नुपर्छ ।
चीन र अमेरिकाले प्रदर्शन गरिरहेझैँ २१औँ शताब्दीमा आर्थिक रूपमा सफल हुन चाहिने प्रमुख तŒव भनेकै प्रविधि, नवप्रवर्तन र उद्यमशीलता हुन् । यस्ता क्षेत्रमा पाकिस्तानको प्रयोगविहीन सम्भावनालाई अब बुझ्न जरुरी छ । यसको भुक्तानी ठूलो हुन सक्छ, आफ्ना अन्य समस्या समाधान गर्न थप सक्रिय पाकिस्तान बन्न सक्छ । 

आसाद जमाल सिलिकन भ्यालीस्थित भेन्चर क्यापिटल कम्पनी इ–प्लानेट क्यापिटलका निर्देशक तथा संस्थापक हुन् । 

ë Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य