मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ९ बिहीबार ०८:४१:००
Read Time : < 1 मिनेट
विश्व

अनिल अम्बानीलाई जेल सजाय हुन सक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ९ बिहीबार ०८:४१:००

भारतका अर्बपति व्यवसायी अनिल अम्बानीको रिलायन्स कम्युनिकेसन्स (आरकम) र एउटा विशाल दूरसञ्चार कम्पनी इरिक्सनबीचको व्यापारिक सम्झौता भंग भएपछि अम्बानीले जेल सजायको सामना गर्नुपर्ने भएको छ । आरकमको नेटवर्क व्यवस्थापन र सञ्चालन गर्ने सो  सम्झौताको सर्तबमोजिम इरिक्सनले आरकमबाट साढे पाँच अर्ब भारतीय रुपैयाँ पाउन बाँकी छ । 

 गत वर्षको डिसेम्बर १५ सम्म इरिक्सनलाई बक्यौता रकम तिर्नुपर्ने सर्वोच्च अदालतको आदेश पालना गर्न आरकम असफल भएकाले अम्बानीले सो रकम नतिरे तीन महिनाको जेल सजाय हुने भएको छ । सर्वोच्च अदालतले अम्बानीलाई अदालतको अवहेलनासम्बन्धी अभियोगमा दोषी ठहर गर्दै चार साताभित्र बक्यौता रकम नतिरे जेल सजाय सामना गर्न अम्बानीका नाममा आदेश दिएको छ ।

आरकम र इरिक्सन दुवै संस्थाले अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । इरिक्सनले सन् २०१४ मा सो सम्झौतामा हस्ताक्षर गरेको थियो । उसले एक वर्षअघि  आरकमविरुद्ध उजुरी गरेको थियो ।  अदालतले रिलायन्स टेलिकमका अध्यक्ष सतिश सेठ र रिलायन्स इन्फ्राटेलका अध्यक्ष छाया भिरानीले पनि आफ्नो आदेश उल्लंघन गरेको ठहर गरेको छ । तर, ब्याजसहित बाँकी रकम भुक्तानी गरेमा तीनैजनालाई जेल सजाय नहुने अदालतले जनाएको छ ।