मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार २२ मंगलबार ०८:२०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनाङको नासोँ गाउँपालिका- ५ का वडाध्यक्षको निधन

Read Time : < 1 मिनेट
२०७८ असार २२ मंगलबार ०८:२०:००

हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका- ५ का वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयाघातका कारण निधन भएको छ । ५० वर्षीय वडाध्यक्ष पुनेलको सोमबार हृदयाघातका कारण निधन भएको हो । नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार उनको सोमबार बिहान हृदयाघातका कारण निधन भएको हो । 

सोमबार बिहान खाना नखाँदै बेंसीसहरस्थित एक होटेलमा हृदयाघात भएपछि उपचारका लागि उनलाई  जिल्ला अस्पताल लमजुङ लगिएको थियो । उपचारको लागि जिल्ला अस्पताल लगिएको उनलाई अस्पतालले सोमबार १२ बजेतिर मृत घोषणा गरेको हो । वडाध्यक्ष पुनेलका आमा, श्रीमती र पाँच छोरा छन् । 

गएको जेठ ३१ गते रातिदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोले धारापानीस्थित नासोँ गाउँपालिकाको कार्यालय बगाएपछि अहिले गाउँपालिकाको आपतकालीन  कार्यालय बेंसीसहरमा सञ्चालन गरिएको छ । 

बेंसीसहरमा अस्थायी कार्यालय सञ्चालन भएसँगै असार पहिलो सातादेखि उनी बेंसीसहर बस्दै आएका थिए । उनी नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।