मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार १९ शनिबार १२:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तकोसीमा पानीको बहाव उच्च, सुनसरीको दक्षिण क्षेत्र ढुबानको चपेटामा  

Read Time : < 1 मिनेट
२०७८ असार १९ शनिबार १२:०२:००

तीन दिनदेखि पूर्वी पहाडी क्षेत्रमा निरन्तर पानी पर्दा सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । सप्तकोसी नदीमा शनिबार बिहान ९ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव दुई लाख ३१ हजार ६५५ मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

सप्तकोसी नदीमा पानीको सतह बढेपछि कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले २९ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । कोसी ब्यारेजमा एक लाख ५० हजार क्युसेकसम्म पानीको बहाव सामान्य मानिन्छ । पानीको बहाव उच्च भएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउँदा सात हजार पाँच सय ६३ परिवार विस्थापित भएका  थिए ।

सुनसरीको दक्षिण क्षेत्र ढुवानको उच्च जोखिममा 
अविरल आएको पानीले सुनसरीका दक्षिण क्षेत्रका गाउँ उच्च जोखिममा परेका छन् । एसपी थापाका अनुसार सुनसरीको भोक्राहा, इनरुवाको ४ नम्बर वडाको मरिक बस्ती ढुवानमा परेका छन् । यस्तै इटहरीको खनारमा ट्याग्रा खोला पसेर डुुबाएको छ ।

हालसम्म ठूलो समस्या नभएको, तर यही रफ्तारमा वर्षा भइरहे सुनसरीका धेरै स्थानका वासिन्दा विस्थापित हुने अवस्था आउने एसपी थापाले बताए । जोखिममा परेका क्षेत्रलाई कसरी बचाउने र बाढीबारे सचेतना कसरी जोगाउने भन्ने विषयमा छदफल थर्न १२ बजे सुनसरी  दैवीप्रकोप उद्धार समितिको बैठक बस्ने तयारी भइरहेको एसपी थापाले बताए ।