मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विमल एग्रो फर्म एन्ड रिसर्च सेन्टर भरतपुर– ६ का युवा कृषक तीर्थ सुवेदी महानगरपालिका प्रमुखबाट ट्र्याक्टरको साँचो लिँदै । उनले मकै र धानको बिउ उत्पादन गर्दै आएका छन् ।
२०७८ असार १७ बिहीबार १७:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुरका किसानलाई कृषियन्त्र वितरण

Read Time : < 1 मिनेट
२०७८ असार १७ बिहीबार १७:०६:००

भरतपुर महानगरपालिकाले किसानलाई कृषियन्त्र वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्ने भनेर छुटाइएको आर्थिक वर्ष ०७७–७८ को एक करोड बजेटमध्येबाट ५० प्रतिशत अनुदानमा महानगरपालिकाले व्यावसायिक फर्म र कृषि सहकारीलाई कृषियन्त्रहरू वितरण गरेको हो ।

६ वटा ट्र्याक्टर, एक थान पावरटेलर, सिड क्लिनर र धान रोप्ने अत्याधुनिक मेसिन (राइस ट्रान्सप्लान्टर) वितरण गरिएको हो । कृषकलाई हौसला बढाउँदै व्यावसायिक बनाउन र उनीहरूलाई आधुनिकीकरणमा लैजान उद्देश्यले महानगरमार्फत कृषियन्त्रहरू हस्तान्तरण गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । 

महानगरबाट वितरण गरिएको ट्र्याक्टर, कैलाश कृषि विकास कृषक समूह भरतपुर– ५, विमल एग्रो फर्म एन्ड रिसर्च सेन्टर भरतपुर ६, कमलपोखरी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था भरतपुर– २२, अमृत किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भरतपुर– २५, हिमशिखर कृषि सहकारी संस्था भरतपुर महानगर– २६, उन्नत विज वृद्धि कृषक समूह भरतपुर– १४ ले पाएका छन् । 

त्यस्तै, रिजन कृषि तथा पशुपक्षी फर्म भरतपुर– १८ ले हातेट्र्याक्टर (पावर टेलर) र दवाडी एग्रो इन्टर प्राइजेजले सिड क्लिनर प्राप्त गरेका छन् । ट्र्याक्टरमा हाइरो, कल्टिभेटर र रोटाभेटरसमेत रहेको छ । 

भरतपुर– २६ को वृहस्पति आधुनिक एग्रो फर्मलाई राइस ट्रान्सप्लान्टर हस्तान्तरण गरिएको छ । दाहालका अनुसार महानगरपालिकाले यस वर्ष पनि आफ्नो बजेटमा कृषिलाई प्राथमिकता दिएको छ ।