मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ९ बिहीबार ०६:२९:००
Read Time : < 1 मिनेट
समाचार

कार्यालय सहयोगीमाथि कुटपिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ९ बिहीबार ०६:२९:००

मोरङको बेलबारी नगरपालिका–४ का कार्यालय सहयोगी होम कार्की पूर्वप्रधानपञ्चबाट कुटिएका छन् । पूर्वप्रधानपञ्च असित राईले कार्कीलाई कार्यालयमै कुटपिट गरेका हुन् । बेलबारी–४ बुधबारेमा रहेको वडा कार्यालयमा आफ्ना साला गोवद्र्धन राईको बसाइँसराइ कागजात बनाउन गएका वेला मंगलबार राईले कार्कीलाई कुटपिट गरेका थिए । कुटपिटपछि पक्राउ परेका राई बुधबार साँझ छुटेका छन् ।

पीडित पक्षसँग माफी मागेपछि राईलाई छाडिएको प्रहरीले जनाएको छ । मंगलबार बसाइँसराइको कागज बनाउने क्रममा गोवर्धनकी जेठी श्रीमती गोमा आइपुगेपछि विवाद भएको थियो । गोमालाई कार्यालयमा बोलाएको भन्दै कार्कीले आफूमाथि कुटपिट गरेको कार्कीले बताए ।