१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १५ मंगलबार १०:०५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

५२५ परिवारलाई कुँवरले बाँडे राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १५ मंगलबार १०:०५:००

विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण भएको लकडाउनका कारण अप्ठ्यारो परेकालाई व्यवसायी ताराबहादुर कुँवरले राहत बाँडेका छन् । उनले दोस्रो चरणको लकडाउनमा ५ सय २५ परिवारलाई राहत बाँडेका हुन् । 

व्यवसायी कुँवर सामान्य अवस्थामा आफू व्यवसायमै लागिरहे पनि अप्ठ्यारो अवस्थामा भने सर्वसाधारणको उद्धार र राहतमै सक्रिय रहेको बताउँछन् । उनी भन्छन्, ‘कोरोनाका कारण गरिखाने परिवार समस्यामा परेको देख्दा सधैँ राहत वितरण र सर्वसाधारणको उद्धारमा नै लागिरहेँ ।’

आफूलाई पनि कोरोना संक्रमणको डर भए पनि राहत आवश्यक भएका नागरिकको समस्या देख्न नसकेर आफू सक्रिय भएको उनको भनाइ छ । राहत वितरणका क्रममा काभ्रेको भुम्लुमा राहत वितरणदेखि चितवनको माडी पुगेर चेपाङ बस्तीको पुनर्निर्माणमा समेत सक्रिय भएको उनको भनाइ छ । 

कुँवर भन्छन्, ‘मलाई राजनीति गर्नु छैन, यही काम देखेर भोलि कसैले केही देला भन्ने पनि लागेको छैन, तर आफ्नो काम गर्न छोड्दिनँ ।’ दोस्रो चरणको लकडाउनमा ९ पटक गरी ५ सय २५ परिवारलाई राहत बाँडिसकेका उनले पहिलो लहरमा २७ चरणमा गरी १ हजार ७ सय ५० लाई राहतस्वरूप चामल, दाल, नुन, तेललगायतका सामग्री बाँडको बताए । उनले सबै सहयोग आफू संयोजक रहेको ‘हजुरलाई नमस्ते परोपकारी अभियान’बाट गरेका हुन् ।

आफ्नो व्यापार–व्यवसाय संकटमा परेको र दैनिकीसमेत चलाउन धौधौ परेको बताउँदै उनी प्रश्न गर्छन्, ‘मेरो भन्दा सयौँ गुणा बढी समस्यामा परेका मानिस देखेपछि कसरी चुप लागेर बस्ने ?’ कुँवर हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक, नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा चक्रपथ सफाइ अभियानका प्रमुख हुन् ।