मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७८ असार १४ सोमबार ११:३२:००
Read Time : < 1 मिनेट
खेलकुद

कोपा अमेरिका : रोकियो ब्राजिलको लगातार जितको यात्रा

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ असार १४ सोमबार ११:३२:००

ब्राजिलको लगातार १० खेलको जितको यात्रा रोकिएको छ । कोपा अमेरिकाअन्तर्गत सोमबार बिहान भएको खेलमा इक्वेडरसँग १–१ गोलको बराबरीसँगै ब्राजिलको लगातार जितको यात्रा रोकिएको हो । 

ब्राजिलसँग एक अंक खोसेपछि इक्वेडर जारी कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघि नै क्वार्टरफाइनल चरणमा प्रवेश गरिसकेको ब्राजिललाई बराबरीको नतिजाले प्रतियोगिताको समीकरणमा खासै फरक पार्ने छैन । 

खेलमा अग्रता ब्राजिलले लिएको थियो । इडर मिलिटाओले खेलको ३७औँ मिनेटमा फ्रिकिकमार्फत आएको बललाई हेडिङ गोल गर्दै ब्राजिललाई अघि बढाएका थिए । यद्यपि खेलको ५३औँ मिनेटमा इन्नर भ्यालेन्सियाको सहयोगमा गोल गर्दै एन्जेल मेनाले इक्वेडरका लागि बराबरी गोल गरेका थिए ।

मेना खेलको पहिलो हाफमै अतिरिक्त खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका थिए । मोइसेस काइसिडो चोटग्रस्त बनेपछि मेना उनको स्थानमा मैदानमा प्रवेश गरेका थिए । उनले नै महत्वपूर्ण गोल गर्दै इक्वेडरलाई खेलमा अघि बढाएका हुन् ।

नोभेम्बर २०१९ देखि लगातार जित हात पारेको ब्राजिलले त्यसयता पहिलोपटक बराबरीमा रोकिएको हो । 

सोमबार बिहान नै भएको अर्काे खेलमा पेरूले भेनेजुएलालाई १–० ले पराजित गरेको छ । यससँगै पेरू समूह ‘बी’मा ब्राजिलभन्दा पछि दोस्रो स्थानमा रहेर क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

ब्राजिलियामा भएको खेलमा पेरूलाई महत्वपूर्ण जित दिलाउन एन्द्रे कारिल्लोले निर्णायक गोल गरे । पेरूसँगको पराजयसँगै भेनेजुएला भने प्रतियोगिताबाट बाहिरिएको छ ।