मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार २९ मंगलबार
  • Tuesday, 13 July, 2021
२०७८ असार १३ आइतबार २०:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै खेतमा गाडिएको अवस्थामा बेपत्ता महिलाको शव फेला 

Read Time : < 1 मिनेट
२०७८ असार १३ आइतबार २०:०४:००

विगत २६ दिनदेखि बेपत्ता भएकी महिलाको शव आफ्नै खेतमा गाडिएको अवस्थामा भेटिएको छ । गत १९ जेठदेखि सम्पर्कविहीन भएकी लोहारपट्टी नगरपालिका– ७ भ्रमरपुरा घर भएकी २६ वर्षीया सुजितादेवी ठाकुरको शव माइती पक्षको सहयोगमा प्रहरीले फेला पारेको हो ।

खेतमा करिब ६ फिट खाल्डो खनेर शव गाडिएको अवस्थामा फेला परेको छ । शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइए पनि पछि थप जाँचका लागि अन्यत्र पठाउन सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले वताए । 

महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकको श्रीमान् मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई नियन्त्रणमा लिएको छ भने ससुरा पतिराम ठाकुर भने अझै फरार रहेको प्रहरीले जनाएको छ । 

मृतकका माइती पक्षले हराएकै समयदेखि हत्या गरिएको भन्दै प्रहरीमा पटकपटक जाहेरी लिएर गए पनि प्रहरीले दर्ता गर्न मानेको थिएन । माइती पक्षकै जिद्दीपछि प्रहरीले शव गाडिएको शंकास्पद ठाउँमा खनेर हेर्दा फेला परेको छ । 

गत १९ जेठको बिहानै मृतकको घरमा मृतक र उनको देवर तथा ससुराबीच झगडा भएको मृतकका बुबा पिपरा गाउँपालिका– ६ रतौलीनिवासी कामेश्वर पाण्डेयले बताए । उनले झगडाको केही बेरपछि छोरीको ससुरासँग फोनमा कुरा भएको र उनले नै तपाईंको छोरीले झगडा गर्दै छ भनेको। तर केहीबेरपछि शान्त भएको भनि फोन गरेको बताए । 

उनले पछि छोरीसँग कुरा गराइदिन भन्दा विभिन्न वहाना बनाउँदै कुरा गराउन नमानेको र पछि अपराह्न फोन गर्दा तपाईंको छोरी घर छोडेर कुनै केटासँग हिँडेको बताएका थिए । 

केही गाउँकै मानिसले खेतमा खाल्डो खनिएको देखेपछि शव गाडिएको हुन सक्ने आशंका गरेको उनले बताए । उनले आफ्नो छोरीको शव गाडेर माथिबाट धानको बिउ राखेको बताए ।