मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ असार १३ आइतबार १४:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाल सुधारगृहबाट फरार भएका चार आरोपी पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असार १३ आइतबार १४:१८:००

विराटनगरस्थित बाल सुधारगृह भवनको तीनतला माथिबाट हाम फालेर शनिबार बिहान फरार भएका चारजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर– ३ कञ्चनबारीस्थित बाल सुधारगृहको भवनबाट शनिबार बिहान हाम फालेर फरार भएका चारैजना बालकलाई प्रहरीले आइतबार बिहानसम्ममा पक्राउ गरेको हो । 

प्रहरीले फरार भएका एकजनालाई शनिवारै पक्राउ गर्न सफल भएको थियो भने बाँकीलाई आइतबार विराटनगरमै लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिन सफल भएको हो ।  

हाम फाल्ने क्रममा उनीहरू समान्य घाइते भएकोले उनीहरू सबैको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

खरखजाना र करणीका आरोपी संखुवासभा, झापा र उदयपुर घर भएका आरोपीहरूलाई सुधारगृहमा राखिएको छ । सुधारगृहमा होचो पर्खालको फाइदा उठाउदै कैद सजाय पाएका र पुर्पक्षमा रहेका बालकहरू भाग्ने गरेका छन् ।