मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार २७ आइतबार
  • Sunday, 11 July, 2021
२०७८ असार १२ शनिबार १०:५५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका व्यापारी साहविरुद्ध मुद्दा 

Read Time : > 1 मिनेट
२०७८ असार १२ शनिबार १०:५५:००

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सिराहाको धनगढीमाई नगरपालिका–९ मुसहर्नियास्थित कौशल एग्रो राइस मिल प्रालिका सञ्चालकविरुद्ध पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता भएको जनाएको छ । 

मिलका सञ्चालक करिब ४८ वर्षीय महेश साह मिलबाट निकालिएका सुरक्षागार्डकी करिब २२ वर्षीया श्रीमतीलाई बिहीबार साँझ बलात्कार गरेको आरोपमा त्यही दिन राति पक्राउ गरी शुक्रबार जबर्जस्ती करणीअन्तर्गतको मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालका अनुसार पीडित महिलाको उजुरीका आधारमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धानका लागि शुक्रबार सिराहा जिल्ला अदालतबाट म्याद थप गरिएको छ । 
जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका व्यापारी साह र पीडित महिलाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी नायब उपरीक्षक डा. दाहालले बताए । पक्राउ परेका व्यापारी साह अनुसन्धानको क्रममा लहान प्रहरीको हिरासतमा छन् । 

करिब १५ दिनअघि व्यापारी साहले पीडित महिलाकी पतिलाई कामबाट निकालेर उनलाई मिलमै राखेको बताइएको छ । दुई दिनअघि मात्र व्यापारी साहका घरपरिवारका सदस्यले मिलमा सुरक्षा गार्डकी श्रीमतीलाई राखेको थाहा पाएलगत्तै निकालेको बुझिएको छ । त्यसपछि बिहीबार व्यापारी साहले पारिश्रमिक लिन बोलाएपछि गएकी महिलालाई मिलमै बलात्कार गरेको जनाइएको छ ।  

गोलबजारस्थित घरबाट नै पक्राउ गरिएका साहलाई छुटाउन शुक्रबार दिनभरजसो व्यापारी नेताहरूले प्रयास गरेको भए पनि प्रहरीले पीडित महिलाको उजुरीबाहेक अन्य कुरा नचल्ने बताएपछि अन्ततः मुद्दा दर्ता भएको बताइएको छ । गोलबजार नगरपालिका–४ स्थायी घर रहेका व्यापारी साह स्थानीय रूपमा छोटो समयमै व्यापारमा प्रगति गरेकामध्ये चिनिन्छन् । उनले गत माघ महिनादेख मुसहर्नियामा करिब ४० करोड रुपैयाँको लगानीमा प्रदेश २ स्तरकै आधुनिक चामल मिल सञ्चालनमगरिरहेका छन् ।