मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०९:०९:००
Read Time : < 1 मिनेट
अर्थ

 एनआइसी एसिया बैंकको १० प्रतिशत बोनस सेयर पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०९:०९:००

एनआइसी एसिया बैंकले १० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिमको १०  प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनको नगद लाभांश पारित गरेको हो । 

बोनस सेयर वितरणपछि बैंकको अधिकृत पुँजी साबिक ८ अर्ब ४ करोडबाट ८ अर्ब ८४ करोड पुग्नेछ । त्यस्तै, साबिक तत्काल चुक्ता पुँजी ८ अर्ब ३ करोड ११ लाख १६ हजार ९ सय ९८ बाट ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६ सय ९८ बनाउन स्वीकृत प्रदान गरेको छ । 

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भएको २१औँ वार्षिक साधारणसभाले आव ०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदनसहित ०७५ असारको वासलात र आव ०७४/०७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ ।

साधारणसभाले बैंकको सहायक कम्पनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लि. र एनआइसी एसिया क्यापिटल लि.सहितको आव ०७४/०७५ को एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ । सभाले चालू आव ०७५/०७६ का लागि श्री टी आर उपाध्याय एन्ड कम्पनीलाई बाह्य लेखा परीक्षकमा नियुक्त गरेको छ ।

एनआइसी एसिया बैंकले देशभर २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटिएम, ३७ वटा एक्स्टेन्सन काउन्टर एवं २० वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २ सय ११ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब पुगेको बैंकले जनाएको छ । त्यस्तै, कुल कर्जा करिब १ सय ४५ अर्ब पुगेको बैंकले जनाएको छ ।