१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ९ बुधबार ०८:४४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जर्मनी र पोर्चुगलको खेल सबैभन्दा रोमाञ्चक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ९ बुधबार ०८:४४:००

नेपालीको नजरमा युरोकप

रमेश सापकोटा, जनरल म्यानेजर, डिस मिडिया नेटवर्क लिमिटेड

मैले फुटबल प्रतियोगिताहरू फलो गर्न थालेको सन् १९९४ मा अमेरिकामा भएको विश्वकपदेखि नै हो । त्यसवेला इटालीको रोवर्टो ब्राजियोको खेल शैलीबाट म निकै प्रभावित भएको थिएँ । त्यही वेलादेखि नै इटालीको समर्थक बने । १९९४ को विश्वकपमा नेपालमा टेलिभिजनको क्रेज त्यति धेरै थिएन । कलेज पढ्दाको समयजस्तो लाग्छ । हामीले भने होस्टलमै बसेर विश्वकप हेरेको सम्झना छ । 

जारी युरोकप २०२० मा भने इटालीको खेल विशेष गरी फलो गरिराखेको छु । इटालीले समूह चरणमा एक गोल पनि बेहोरेको छैन । इटालीको खेल्ने शैली फरक छ । इटालीको टिम संरचना हेर्दा योपटक इटालीले नै युरोकप ट्रफी उचाल्छ जस्तो लाग्छ । 

जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, इंग्ल्यान्ड र बेल्जियमले समूह चरणमा राम्रो खेल खेलिरहेका छन् । उनीहरू पनि उपाधिका दाबेदार नै हुन् । लगभग नकआउट चरण खेल सुरु हुन लागेको छ । उत्कृष्ट टोली नै दोस्रो चरण पुग्नेछन् । जर्मनीको एट्याकिङ र फ्रान्सको सन्तुलित टोली र बेल्जियमको स्टार खेलाडीको प्रदर्शन रुचाइरहेका छन् । 

समयले भ्याएसम्म प्रायः सबै गेम हेर्ने गरेको छु । १६औँ संस्करणको युरोकपका हरेक खेल प्रतिस्पधात्मक रूपमै भइरहेको छ । विगतको अनुभवअनुसार यसपटकको युरोकप विश्वकपमा भन्दा पनि बढी क्रेज भएको पाएँ । रोमाञ्चकता र प्रतिस्पर्धात्मक भरिएको युरोकपले विश्वकपको क्रेजलाई केही पछाडि धलेको जस्तो लाग्छ । अहिलेसम्म मज्जा लागेको गेम नै पोर्चुगल र जर्मनीको हो ।

डेनमार्कका एरिक्सन सुरुकै खेलमा अचेत भई मैदानमा ढल्न पुगे । सम्पूर्ण विश्वले नै उनको जीवन रक्षाका लागि प्रार्थना गरे । यसबाट फुटबलको माध्यमबाट विश्वमा के सन्देश दिएको छ, फुटबलले सबैलाई माया गर्छ । एक समर्थकले विपक्षी टोलीका खेलाडी भए पनि उनीप्रति सद्भाव र प्रेम उत्तिकै राख्छन् भन्ने सन्देश दिएका छन् । 

‘डिसहोम अरू च्यालनभन्दा अलि छिटो छ’ 
हामीले डिस मिडिया नेटवर्क लिमिटेडको एक्सन स्पोट्र्स टेलिभिजन च्यानलमार्फत नेपालभरका खेल प्रेमीहरूलाई युरोकप २०२० को मनोरञ्जन दिइरहेका छौँ । डिसहोममा नेपाली वा अंग्रेजी कमेन्ट्री सुन्न चाहनेहरूलाई दुवै सुविधा छ । सहरी भेगमा अंग्रेजी कमेन्ट्री नै रुचाएको पाएका छौँ । तर, गाउँको कुनाकाप्चासम्म फुटबल समर्थकहरूले नेपाली कमेन्ट्रीसँगै फुटबलको मज्जा लिएका छन् । 

डिसहोमको एउटा फाइदा भनेको यसमा छिटै गोल हेर्न पाइन्छ । अन्य च्यानलभन्दा एक्सन स्पोट्र्स केही सेकेन्ड छिटो छ । अंग्रेजीको केमेन्ट्री डिसहोमकै रियालिटी च्यानलबाट प्रसारण भइरहेको छ । हामीले युरोकपसँगै बिहान ब्राजिलमा सञ्चालन भइरहेको कोपा अमेरिका पनि रियालिटी च्यानलबाटै देखाइरहेका छौँ । 

मलाई लाग्छ, नेपालमा खेलकुदको एक अलग च्यानलको अभाव एक्सन स्पोट्र्सले पूरा गरेको जस्तो छ । हाम्रो लक्ष्य राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता लाइभ देखाएर नेपाली तथा विदेशमा रहेका नेपाली दाजुभाइहरूलाई मनोरञ्जन प्रदान गर्नु नै हो । पछिल्लो समय हामीले यसको अभ्यास पनि गरेका छौँ ।