१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ८ मंगलबार १७:०५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा थप ४१ जना कोरोना संक्रमितको मृत्यु, ४५२२ संक्रमित थपिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ८ मंगलबार १७:०५:००

नेपालमा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार देशभर हालसम्म आठ हजार आठ सय १३ संक्रमितको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा चार हजार पाँच सय २२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लोपटक १६ हजार नौ सय १३ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । 

यो अवधिमा चार हजार नौ सय ४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर पाँच लाख ६४ हजार आठ सय ८२ जना कोरोनामुक्त भएका छन् । निको हुन दर ९०. २ प्रतिशत पुगेको छ ।