मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार ८ मंगलबार १३:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट बाग्लुङमा थप दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ असार ८ मंगलबार १३:५४:००

कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट बाग्लुङमा थप दुईजनाको मृत्यु भएको छ । सोमबार राति जिल्लाको बाग्लुङ नगरपालिका– ३ का ८२ वर्षीय पुरुष र मंगलबार बिहान बडिगाड गाउँपालिका– २ का ६८ वर्षीय पुरुषको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा मृत्यु भएको हो ।

बाग्लुङ नगरपालिकाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पतालमा भर्ना गरिएको थियो । उनको साँझ ६ बजे उपचारको क्रममा मृत्यु भएको थियो । 

कोरोनाको लक्षण देखिएपछि सोमबार नै पिसिआर परीक्षणका स्वाब दिइएको र मंगलबार बिहान कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

बडिगाडका पुरुष जेठ १९ गते संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा भर्ना भएका थिए । उनमा श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।