१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ७ सोमबार २०:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय दूतावासमा योग दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ७ सोमबार २०:०१:००

भारतीय राजदूतावासले भारतको स्वतन्त्रताका अवसरमा ‘आजादका अमृत महोत्सव’अन्तर्गत भर्चुअल माध्यममार्फत सातौँ अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरेको छ । कोभिड–१९ महामारीबीच मनाइएको यसपटकको योग दिवसको नारा “घर घरमा योग” रहेको छ । 

भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत ‘कमन योगा प्रोटोकल’अनुरूप दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा योगका विभिन्न आसन देखाइएको थियो । योग अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । 

योग गुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई नेपालभरिबाट हेरेका थिए । 

योगको सन्देश र यसका फाइदाबारे सबैलाई सुसूचित गराउन योगका प्रचलित अभ्यासहरू नेपाली पाश्र्व आवाजसहित टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । 

योबाहेक, योगाचार्य सुनील मानसँग ‘कोभिड–१९ को समयमा योगको औचित्यता’बारे गरिएको कुराकानी नेपालका सातै प्रदेशका दश प्रमुख रेडियो एफएम च्यानलमार्फत प्रसारण गरिएको थियो । 

दूतावासले भर्चुअल रूपमा आयोजना गरेको निबन्ध लेखन र भिडियो ब्लगिङ प्रतियोगितामा नेपालभरिका नेपालीहरूले सहभागिता जनाएको भारतीय दूतावासले जनाएको छ । 

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ मा मान्यता पाई सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिएको छ । उत्तरी गोलार्धमा वर्षको सबैभन्दा लामो दिन र विश्वका धेरै क्षेत्रमा यो दिनको विशेष महŒव भएकाले संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउनुपर्ने सुझाब दिएका थिए ।