मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असार ७ सोमबार १८:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंका मेयर बाढीग्रस्त क्षेत्र मेलम्चीमा, तीन पालिकालाई तीन करोड सहयोग हस्तान्तरण 

Read Time : < 1 मिनेट
२०७८ असार ७ सोमबार १८:२८:००

सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि तीन करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची सहयोग रकम हस्तान्तरण गरेको हो । 

भगिनी सम्बन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणा यसअघि नै मेयर शाक्यले गरेका थिए । सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकनसमेत गरेको छ । 

बाढीग्रस्त क्षेत्रको अवलोकन गर्ने र सहयोग रकम पनि हस्तान्तरण गर्ने योजनासहित मेलम्ची पुगेका शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्बोधन गर्दै बाढीग्रस्त सिन्धुवासीका लागि थोरै भए पनि सहयोग पुग्ने अपेक्षा लिएको बताए । 

‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौं महानगरपालिकाको सम्बन्ध जोडिएको छ,’ शाक्यले भने, ‘यहाँको नदीको पानीबाट काठमाडौंवासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ । यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मलमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’