मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार ७ सोमबार १७:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङमा थप एक साताका लागि निषेधाज्ञा

Read Time : < 1 मिनेट
२०७८ असार ७ सोमबार १७:२१:००

बाग्लुङमा एक साताका लागि पुनः निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसीको सोमबार बसेकोे बैठकले आगामी असार १५ गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो । सोमबार रातिदेखि यसअघि जारी गरेको समय समाप्त हुने भएकाले पुनः एक साता थप गरिएको छ । 

जिल्लामा कोरोना संक्रमणको दर घट्नै गए तापनि अझै केही स्थानीय तहमा बढ्दै गएका कारण उक्त जोखिमलाई मध्यनजर गरी थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको डिसिएमसीले जनाएको छ । 

यसपटक भने निषेधाज्ञामा केही खुकुलो नीति अपनाइएको छ । अहिले केही बार मात्र बिहानको समयमा सञ्चालन भएका बैंक तथा वित्तीय संस्था अब हरेक दिन बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालनमा आएने भएका छन् । सहकारीले भने घरदैलो गरेर बचत संकलनको कार्य गर्न नपाउने भएका छन् । 

निजी (दुईपांग्रे र चारपांग्रे) सवारीसाधन जोर–बिजोर प्रणालीमा सञ्चालन हुन पाउनेछन् । चारपांग्रेमा बढीमा चालकसहित चारजना यात्रा गर्न पाउने गरी निर्णय गरिएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । 

होटल, रेस्टुरेन्ट, चिया पसल, टेक वे डेलिभरी, होम डेलिभरीमार्फत पनि मध्याह्न १२ बजेसम्म खुला गर्ने निर्णय भएको कार्कीले बताए । 

जिल्लामा वैशाखयता तीन हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा तीन हजार तीन सय दुईजना उपचारपश्चात् निको भएका छन् । 

हाल सक्रिय संक्रमित तीन सयजना छन् भने तीमध्ये दुई सय ७१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । संक्रमितमध्ये २८ जना संस्थागत र जिल्लास्थित विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका छन् ।