१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार ७ सोमबार १७:०९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा थप ४६ जना कोरोना संक्रमितको मृत्यु, २२९७ संक्रमित थपिए

Read Time : < 1 मिनेट
२०७८ असार ७ सोमबार १७:०९:००

नेपालमा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार सात सय ७२ पुगेको छ । 

पछिल्लो २४ घन्टामा १० हजार नौ सय चारजनाको कोरोना परीक्षण गरिएकोमा दुई हजार दुई सय ९७ जना संक्रमित थपिएका छन् । यो अवधिमा तीन हजार एक सय तीसजना संक्रमणमुक्त भएका छन् । 

नेपालमा हालसम्म पाँच लाख ५९ हजार नौ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ८९.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।