मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार ७ सोमबार १६:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेतृत्व पुस्तान्तरणमा विमलेन्द्र, शशांक र प्रकाशमान एकमत

Read Time : < 1 मिनेट
२०७८ असार ७ सोमबार १६:४८:००

कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेताहरू विमलेन्द्र निधि, शशांक कोराइराला र प्रकाशमान सिंह नेतृत्व पुस्तान्तरण गर्न एकमत भएका छन् । उपसभापति निधिको निवास बानेश्वरमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले रणनीतिक छलफल गरेका हुन् । 

कांग्रेसको १४औँ महाधिवेशनलगायत समसामयिक विषयमा छलफल भएको र नेतृत्व पुस्तान्तरणमा एकमत भएको सिंहको सचिवालयले जनाएको छ । कांग्रेसका संस्थापक नेतात्रय बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका उत्तराधिकारीको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

आगामी सभापतिमा दाबी गर्दै आएका निधिले आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर कोइराला र सिंहलाई निवासमा बोलाएका हुन् । कोइराला र सिंहले पनि सभापतिको दाबी गरेका छन् । पुस्तान्तरणको विषयमा एकमत भए पनि नेतृत्वको विषयमा भने सहमति भइसकेको छैन । 

कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाका गुट सक्रिय छन् । देउवा र पौडेल गुटमा रहेका निधि, कोइराला र सिंहले ‘लञ्च मिटिङ’बाट एकताको सन्देश दिन खोजेको सिंहको सचिवालयले जनाएको छ ।