Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ७ सोमबार १५:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड– १९ त एक–डेढ वर्षमा पार होला, सामाजिक, सांस्कृतिक अधपतनको महामारी चल्यो भने कैयौँ पिँढीसम्म दुःख पाइनेछ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ७ सोमबार १५:४८:००

प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र सांस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा ओलीले मानवको शारीरिक स्वास्थ्य मात्र होइन, समाजलाई सांस्कृतिक, नैतिक र चारीत्रिक रूपले सबल राख्नसमेत योग आवश्यक रहेको बताए । 

‘योग फर वेल विइङ’को नारासहित विश्वभर सोमबार अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । ओलीले सांस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय रहेकोसमेत बताए । ‘विभिन्न प्रयासबाट अहिलेको कोभिड– १९ त एक–डेढ वर्षमा पार होला, तर सामाजिक र सांस्कृतिक अधपतनको महामारीले चल्यो भने कैयौँ पिँढीसम्म दुःख पाइनेछ,’ उनले भने । 

अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जाल हेरिनसक्नु हुन्छ ।’ 

योग गुरुहरूले आशनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्ने उनले बताए । योगका आठ अंगमध्ये पहिलो यम भएको र त्यसको पनि पहिलो सत्यप्रतिको निष्ठा र असत्यलाई अस्वीकार गर्नु भएको उनको भनाइ थियो । ‘सत्यमा अडिग रहुँ । सत्यको निष्ठापूर्वक पालना गर, असत्यलाई कुनै हिसाबका भ्रम वा त्रासका कारण स्वीकार नगर र त्यसविरुद्ध लड । यमले सही भन्छ,’ ओलीले भने । 

आफ्नो वैधानिक र न्यायिक दाबी पुग्नेबाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने ओलीको भनाइ छ । अरस्तुले सत्यकै लागि प्राण त्याग गरेको प्रसंगसमेत उनले उठाए ।