१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ७ सोमबार १०:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंगलबारदेखि उपत्यकामा सरकारी कार्यालयले सेवा दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ७ सोमबार १०:१४:००

मंगलबारदेखि उपत्यकामा सरकारी कार्यालयहरू खुल्ने भएका छन् । निषेधाज्ञा खुकलो बनाउँदै सरकारी कार्यालय पनि सञ्चालन गर्ने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेका हुन् । 

प्रशासन कार्यालयको आदेशमा भनिएको छ, ‘विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति मात्र प्रयोग गरी सेवा सुचारु गर्ने ।’

जसअनुसार जिल्ला प्रशासन, मालपाेत, नापी, यातायात, वैदेशिक रोजगार, महानगरपालिकालगायतका कार्यालयहरू खुल्नेछन् । लामो समयदेखि सार्वजनिक सेवा बन्द रहेकाले सुचारु गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

दैनिक कति र कसरी सेवाग्राहीलाई सेवा सम्बन्धित कार्यालयले मापदण्ड बनाउनेछन् । अदालतको हकमा छुट्टै निर्णय हुनुपर्छ । सर्वोच्च अदालतले सेवा विस्तार गरे पनि जिल्ला, उच्च र विशेष अदालतले सेवा संकुचित नै गरेका छन् । मंगलबारदेखि जोर–बिजोर प्रणालीमा निजी सवारीसाधन र ट्याक्सी चलाउन दिने तथा बारका आधारमा पसलहरू सञ्चालन गर्न दिने निर्णय प्रशासन कार्यालयले गरेको छ ।