१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ६ आइतबार १७:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ६ आइतबार १७:५७:००

सर्वोच्च अदालतले पत्रकारलाई प्राथमिकता दिएर कोभिड– १९ विरुद्ध खोप उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी निश्चलले फ्रन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड– १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन सरकारका नाममा आदेश जारी गर्न माग गर्दै पेस गरेको रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुँडालको इजलासले आइतबार उक्त आदेश गरेको हो । 

सर्वोच्चले विपक्षीहरूका नाममा कारणदेखाउ आदेशसमेत जारी गरेको छ । घिमिरे र गिरीले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिटमाथि आइतबार भएको सुनुवाइमा निवेदकहरू घिमिरे र गिरीले भर्चुअल माध्यमबाट बहस गरेका थिए ।

सर्वोच्चले पत्रकारहरूको पेसागत प्रकृति र परिस्थिति जनसुमदाय वा समूहमा पुग्नुपर्ने वा जनसम्पर्कमा रहनुपर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकता प्रदान गरी कोभिडविरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिडविरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।