१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस क्यानबेरा
२०७८ असार ६ आइतबार १६:१०:००
Read Time : < 1 मिनेट
विश्व

अस्ट्रेलियाको सिमाना खुला गर्न हतार छैन : व्यापारमन्त्री

Read Time : < 1 मिनेट
रासस क्यानबेरा
२०७८ असार ६ आइतबार १६:१०:००

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुला नगर्ने संकेत गरेको छ । अस्ट्रेलियाका व्यापारमन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुला गर्न अस्ट्रेलियालाई हतार नभएको स्पष्ट पारेका छन् । 

सिमाना खुला गर्नु कति ठीक र कति बेठीक भन्ने विषयमा सरोकारवाला र विज्ञहरूसँग परामर्श तथा छलफलहरू भइरहेको उनले बताए ।

सिमाना अहिले नै खुला गर्न हतार गर्न नहुने सुझाब अधिकांश विज्ञ तथा सरोकारवालाहरूले दिएकाले अझै केही समय सिमाना नखुल्ने उनले स्पष्ट पारे ।  विशेष सेवा र अवस्थाका लागि भने निर्धारित सर्तहरू पूरा गरेर हवाई यात्रुहरूलाई भने अस्ट्रेलियाले आवतजावत गर्न दिएको छ । 

न्युजिल्यान्ड र अस्ट्रेलियाका बीचमा  हवाई सेवा गत अप्रिलदेखि खुला गरिएको छ । तर, सबै देश तथा क्षेत्रलाई अस्ट्रेलियासँगको सिमाना खुला गर्न भने अस्वीकार गरिएको छ । 

कोरोना भाइरसको महामारी अझै पनि खतरामुक्त अवस्थामा नरहेकाले सिमाना खोल्ने जोखिम लिन नचाहेको व्यापारमन्त्री टेहानले बताए ।