मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ६ आइतबार १४:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ६ आइतबार १४:३३:००

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

भट्टराईले नयाँ पत्रिकासँग भने, ‘उहाँसँग मेरो भिडियो कुराकानी भयो । ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ । अक्सिजन सपोर्ट पनि हटाइएको छ । खाना खान थाल्नुभएको छ ।’

चिकित्सकको प्रत्यक्ष निगरानीमा खनालको उपचार भइरहेको छ । आफ्नो स्वास्थ्यप्रति चिन्ता र चासो राख्ने सम्पूर्णमा उनले धन्यवाद दिएको पनि भट्टराईले बताए ।