१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७८ असार ६ आइतबार १०:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाका कारण पूर्वराज्यमन्त्री विष्टको निधन

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ असार ६ आइतबार १०:१०:००

कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उनको शनिबार राति काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी गत जेठ १६ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई जेठ २६ गते हेलिकोप्टरमार्फत काठमाडौं रिफर गरिएको थियो । 

सुर्खेतका पूर्वजिल्ला विकास समितिको उपसभापतिसमेत रहेका विष्ट २२ वर्षसम्म पार्टीको जिल्ला सभापतिसमेत भएका थिए ।