१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ५ शनिबार १७:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख सापकोटा र भौतिक पूर्वाधारमन्त्री नेम्वाङबीच सिन्धुपाल्चोक क्षेत्रको बाढीपहिरोको असरबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ५ शनिबार १७:२४:००

सभामुख अग्निप्रसाद सापकोटा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङबीच तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनीकरण एवं जोखिममा परेका स्थानीयको सुरक्षित स्थानान्तरणका विषयमा छलफल भएको छ ।

अविरल वर्षाले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पु¥याएपछि सभामुख सापकोटाले यस विषयमा मन्त्री नेम्वाङमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । सभामुख सचिवालयले भनेको छ ‘सभामुखज्यूले मन्त्रीज्यूलाई जोखिममा परेका स्थानीयको उद्धार, सुरक्षित बसोवास एवं बन्द सडक तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराउनुभयो ।’ 

सापकोटा र नेम्वाङबीचको संवादपछि शनिबार नै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

भोटेकोसीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्गअन्तर्गतको सडक ठाउँ–ठाउँमा भासिएको छ ।