नेपालमा थप ३४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार देशभर हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार ६ सय ७५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ११ हजार ६ सय ६९ जनाको कोरोना परीक्षण गर्दा दुई हजार चार सय एक जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा तीन हजार ६ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म पाँच लाख ५३ हजार तीन सय ४३ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।