Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ असार ५ शनिबार १३:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाकालीमा बहाव बढेर जोगबुढा नदी  थुनिएपछि दोधारा र भीमदत्तका दुई गाउँ डुबानमा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ असार ५ शनिबार १३:११:००

केही दिनदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । दार्चुलाको लिम्पियाधुरादेखि हिमाल, पहाड, चुरे भावर भएर कञ्चनपुरको तटीय क्षेत्रमा बग्ने महाकाली नदीमा पानीको सतह बढेसँगै आसपासका खोलानाला र निर्माणाधिन चार लेनको पक्की पुलका संरचनामा समेत क्षति पुर्‍याएको छ । 

महाकाली नदीमा पानीको बहाव बढेसँगै  भीमदत्त नगरपालिका १२ ऐरी स्थित नदी थुनिएर १० /१२ घर डुवानमा परेको भीमदत्त नगरपालिका १३का वडाध्यक्ष लाल बहादुर शाहीले बताए । ‘महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन, ‘उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन, पानी नघटे थप जोखिम निम्तिन्छ ।’ 

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बिहानको तुलनामा दिउँसो महाकाली नदीमा बहाव बढ्दै गएको बताए । उनका अनुसार बिहान एक  लाख ७५ हजार क्यूसेक पानी रहेको महामालीमा दिउँसो बढेर १ लाख ७५ हजार पुगेको छ । बाढि जोखिमयुक्त क्षेत्रमा प्रहरी टोली तयारी अवस्थामा रहेको उनले बताए  । 

 

नदीमा पानीको बहाव बढेसँगै निर्माणाधिन चारलेनको महाकाली पुलको संरचना भत्काएको छ ।दोधाराका स्थानीय संचारकर्मी खडक रावलले नदीको सतह बढेसँगै पक्की पुल जोड्ने सडक भत्काएको बताए । 

‘महाकाली नदीमा पानीको सतह बढेको छ, ‘उनले भने, ‘निर्माण भएको सडक भत्किएको छ । महाकाली नदीमा पानीको सतह उच्च भएसंगै दोधाराचाँदनी नगरपालिका १० भएर बग्ने जोगबुढा नदीको पानी थुनिएर गाउँ डुवानमा परेको छ । जोगबुढा नदी थुनिएर दोधाराचाँदनी नगरपालिका १० शान्ति टोल क्षेत्रको तटीय भूभागमा पानी भरिभराउ भएको छ, ‘उनले भने, ‘यो क्रम केही समय रहे थप बस्ती डुवानमा पर्नेछ ।’