मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार ४ शुक्रबार १७:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिमकोट विमानस्थलमा पाँच दिनदेखि हवाई सेवा ठप्प 

Read Time : < 1 मिनेट
२०७८ असार ४ शुक्रबार १७:२४:००

लगातारकाे अविरल वर्षाका कारण हुम्लामा पाँच दिनदेखि हवाई सेवा ठप्प भएको छ । जेठ ३१ गतेदेखि लगातार वर्षा हुँदा हवाई सेवा ठप्प भएको हो । जहाज ठप्प भएपछि दैनिक उपभोग्य वस्तु र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल रोकिएको छ ।

निजी एयरलाइन्सहरूले उडान भर्न छोडेपछि विकास निर्माणका सामान र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल सुर्खेत नेपालगन्जमै रोकिएकाे  छ ।

 मौसम सफा हुँदा दैनिक १५ देखि २५ उडान हुने गरेको सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्राेलर अफिसर नवराज कटुवालले जानारी दिए । 

लगातार वर्षा हुँदा  सुर्खेत, नेपालगन्जदेखि सीता, तारा, समिट एयरलाइन्सले उडान भर्न छोडेका हुन् । पाँच दिनदेखि हवाई सेवा ठप्प भएसँगै दैनिक उपभोग्य वस्तुकाे अभाव हुन थालेकाे छ ।