अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ललितपुर गोदावरी नगरपालिका १२ ठेचोका ४० वर्षीय हिरा महर्जन रहेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएका प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
बैंकिङ कसुरका दोषी उनलाई जिल्ला अदालत ललितपुरले एक करोड पन्ध्र लाख ३८ हजार रुपैयाँ र तीन वर्ष कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसलालगत्तै उनी फरार थिए । उनलाई अदालतले १५ पुस ०७२ मा दोषी करार गरेको थियो ।