मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ४ शुक्रबार १३:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शान्ति मिसनमा सुरक्षाकर्मी पठाउने नेपाल तेस्रो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ४ शुक्रबार १३:१०:००

संयुक्त राष्ट्रसंघको शान्ति स्थापक मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने तेस्रो मुलुकमा नेपाल पुगेको छ । ६४ वर्षदेखि शान्ति स्थापक मिसनमा सहभागी हुँदै आएको नेपाल यसअघि चौथो स्थानमा थियो भने अप्रिल अन्तिम (दुई महिनाअघि)देखि नेपाल तेस्रो भएको हो । यसअघि तेस्रो ठूलो संख्या रुवाण्डाको रहेकोमा चौथो भएको छ । 

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलका अनुसार विश्वका शान्ति स्थापक १४ मिसनमा हाल पाँच हजार ६ सय ८६ जना सुरक्षाकर्मी कार्यरत छन् । नेपाली सेनाको इन्फेन्ट्री फौज चार हजार नौ सय ८० जना छन् भने सेनाबाटै सैन्य पर्यवेक्षक ३८ जना, स्टाफ अफिसर एक सय ११ जना कार्यरत छन् । शान्ति स्थापक मिसनमा सशस्त्र प्रहरी पाँच सय १७ जना र नेपाल प्रहरीका ४० जनासमेत कार्यरत  छन् । प्रवक्ता पौडेलका अनुसार सेना, सशस्त्र र नेपाल प्रहरीका सबै जनशक्ति मिलाएर पाँच हजार ६सय ८६ पुगेको हो । 

शान्ति स्थापक मिसनमा सबैभन्दा बढी सेना पठाउने मुलुक बंगलादेश हो । बंगलादेशका ६ हजार ६ सय २६ जना सुरक्षाकर्मी शान्ति स्थापक मिसनमा कार्यरत छन् । इथियोपियाका ६ हजार एक सय १३ जना सुरक्षाकर्मी पनि मिसनमा कार्यरत छन् । नेपालपछि चौथो स्थानमा रुवाण्डा छ । रुवाण्डाका पाँच हजार ६ सय चार सुरक्षाकर्मी मिसनमा कार्यरत छन् ।

छिमेकी भारत रुवाण्डापछि पाँचौँ स्थानमा छ । भारतका पाँच हजार पाँच सय ४८ सुरक्षाकर्मी मिसनमा कार्यरत छन् । भारतपछि धेरै सुरक्षाकर्मी पठाउने मुलुकहरूमा पाकिस्तान, इन्डोनेसिया, इजिप्ट र चीन छन् । नेपालले अधिकतम १० हजार सुरक्षाकर्मी शान्ति स्थापक सेनामा पठाउन सक्ने जानकारी संयुक्त राष्ट्रसंघलाई यसअघि नै पठाइसकेको छ ।