मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ४ शुक्रबार ०८:५१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उतारचढावबीच नेप्से करेक्सनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ४ शुक्रबार ०८:५१:००

कारोबार रकम पनि करिब ११ अर्बमा खुम्चियो

नेप्सेमा सामान्य करेक्सन भएको छ । धितोपत्र बोर्डको विज्ञप्तिले केही प्रभावित पारेको सेयर बजारमा उतारचढाव हुँदै झिनो अंकको करेक्सन हुन पुगेको हो । बिहीबार नेप्से ‘टेक एन्ड ब्रेक’मा रहन खोजेको भए पनि अन्ततः बजार घटेर बन्द भएको हो ।

पछिल्लो समयमा दैनिक कारोबार १५ अर्बमाथि रहेकोमा बिहीबार त्योभन्दा घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २३ कम्पनीको २ करोड ३ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा १० अर्ब ९० करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । 

लगानीकर्ता नाफा बुकमा सक्रिय हुँदा बजारसँगै कारोबार रकममा पनि गिरावट आएको लगानीकर्ता बताउँछन् । यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रि–इस्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ७७ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेसनल हाइड्रोपावर कम्पनीको ३० करोड ३ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनीको २७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्से परिसूचक १ दशमलव ३० अंकले घटेर २ हजार ९ सय ६८ बिन्दुमा आइपुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५८ अंकले घटेर ५ सय ४१ दशमलव १२ बिन्दुमा आएको छ । कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको सूचक नकारात्मक र ६ समूहको सूचक सकरात्मक रहेको छ । समूहगत हिसाबले सबैभन्दा बढी घट्नेमा लघुवित्त र वाणिज्य बैंक रहेका छन् भने बढ्ने समूहमा फाइनान्स, विकास बैंक, जीवन बिमा, निर्जीवन बिमा रहेका छन् । 

कम्पनीका हिसाबले सबैभन्दा धेरै घट्नेमा सिइडिबी हाइड्रोपावर रहेको छ । यसको सेयर मूल्य ६ प्रतिशतले घटेको छ भने छ्याङ्दी हाइड्रोपावर, ङादी ग्रुुप पावर कम्पनी, माउन्टेन इनर्जी कम्पनीको ३ प्रतिशतले घट्दा यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

धेरै बढ्ने कम्पनीमा खानी खोला हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सोल्टी होटेल लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले केही नाफा आर्जन गर्न सफल भएका छन् ।