मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ४ शुक्रबार ०८:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्डको सूचीले लगानीकर्ताको मनोबल घट्यो : परिसंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ४ शुक्रबार ०८:३७:००

नेपाल उद्योग परिसंघले नेपाल धितोपत्र बोर्डले लगानीका लागि जोखिमयुक्त भन्दै सूचीकृत कम्पनीको सूची सार्वजनिक गर्दा लगानीकर्ताको मनोबल घट्न गई समग्र पुँजी बजारमा नकारात्मक सन्देश प्रवाह भएको बताएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा परिसंघका पदाधिकारीले संवेदनशील विषयमा नियमनकारी निकायले परिपक्व भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् । धितोपत्र बोर्डले मंगलबार सेयरका ठूला खेलाडीहरूले कमजोर कम्पनीमा पनि कर्नरिङ, इन्साइडर ट्रेडिङलगायत गतिविधिमार्फत चलखेल गरी सेयरको भाउ अस्वाभाविक रूपले बढाएको भन्दै त्यस्ता ५१ कम्पनीको सूची सार्वजनिक गरेको थियो ।

बोर्डले ती कम्पनीहरूमा लगानी गर्नका लागि जोखिमपूर्ण भन्दै सर्वसाधारण लगानीकर्तालाई सचेतसमेत गरेको छ । परिसंघले अर्थमन्त्री पौडेलसँग आगामी आर्थिक वर्षमा लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आर्थिक क्रियाकलाप चलायमान बनाउन आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै त्यसका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने बताए ।