मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हरि खड्का, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एवं राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ४ शुक्रबार ०७:१८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महामारीको पीडा भुलाउने बाटो बनेको छ युरोकप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ४ शुक्रबार ०७:१८:००

विश्व अहिले कोरोना भाइरस (कोभिड– १९) महामारीको पीडा भुल्ने प्रयास गर्दै छ । नेपाल पनि यसको दोस्रो लहरलाई जित्ने प्रयासमा छ । संक्रमण फैलने मानसिक त्रासदेखि आफन्त गुमाउनुपर्दाको पीडाले मानव जीवन थप मुस्किल बन्दै गइरहेको छ । तर, यसैवेला युरोप र दक्षिण अमेरिकामा फुटबलको महाकुम्भ मेला सुरु भएको छ, युरोकप र कोपा अमेरिका । 

यी दुई प्रतियोगिता कम्तीमा फुटबल समर्थकहरूका लागि पीडा भुलाउने माध्यम बनेको छ । साँझबाट युरोकप र बिहानबाट कोपा अमेरिकाका प्रतिस्पर्धा हेर्न पाइएको छ । विश्व फुटबलमै युरोप र दक्षिण अमेरिकाको दबदबा छ । त्यसैले यो क्षेत्रको ठूलो प्रतिस्पर्धाले नेपाली फुटबल समर्थकहरूलाई पनि भरपूर मनोरञ्जनको अवसर दिएको छ । मैले पनि भ्याएसम्म हेरिरहेको छु । 

युरोकपका साँझ आउने खेलहरू छुटाएको छैन । रातिका कतिपय खेलहरू भने हेर्न पाएको छैन । कोपा अमेरिकाको पनि धेरै खेल हेर्न पाएको छैन । यद्यपि, ठूला टोलीबीचका खेल भने छुटाएको छैन । सबै खेलहरू प्रतिस्पर्धात्मक नै देखिएका छन् । युरोकपमा पनि सबै टोलीले पहिलो एक चरण खेलिसकेका छन् । पहिलो चरणको खेल हेर्दा आगाडिका प्रतिस्पर्धा अझ सशक्त हुने संकेत देखिएको छ । 

त्यसैले अहिले नै उपाधि विजेता टोलीको आकलन गर्नुछिटो हुनेछ । युरोकप र कोपा अमेरिका मेरो मनपर्ने प्रतियोगिता हुन् । तर, यी प्रतियोगितामा मैले कहिल्यै एउटा मात्रै टोलीलाई समर्थन गरेर हेरेको छैन । कुनै देशको राम्रो खेलाडीलाई मन पर्नु छुट्टै कुरा रह्यो । पहिले पनि उनीहरूको खेल हेरेर नै सिक्ने प्रयास गर्थेँ । यद्यपि, उनीहरूकै कारण वा अन्य कुनै कारणले एउटा देशलाई मात्रै समर्थन गरेर भने प्रतियोगिता हेरेको छैन । 

अहिले पनि केही सिक्ने उद्देश्यले नै यी प्रतियोगिता पछ्याउने गर्छु । पहिले खेलाडीका रूपमा र अहिले प्रशिक्षकको दृष्टिकोणले सिक्ने प्रयास गरिरहेको छु । टोलीहरूको संरचना, उनीहरूको रणनीति केलाउने गर्छु । त्यसले हामीलाई फाइदा गर्छ । त्यसबाहेक मैले सुरुवातमै भनेजस्तो यो प्रतियोगिताले खेलको मनोरञ्जनसँगै कोरोना महामारीले दिएको पीडा भुलाउने काम पनि गरिरहेको छ ।