मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ३ बिहीबार १८:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना महामारी र प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्न वाइसिएलले खडा गर्‍यो ‘विपत् राहत कोष’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ३ बिहीबार १८:५०:००

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले कोरोना संक्रमण महामारी र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै विपत् राहत कोष’ खडा गरेको छ । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त भएका पीडित र केही दिनयता मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण बिचल्लीमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले वाइसिएल नेपालको केन्द्रीय समितिले ‘विपत् राहत कोष’  खडा गरेको जनाएको छ । 

वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले कोषमा बिहीबार मात्रै देशभरका आन्तरिक संगठनबाट तीन लाख रकम जम्मा भएको बताए । उनले कोषमार्फत बाढी प्रभावित क्षेत्रमा सहयोग गर्ने काम सुरु भइसकेको बताए । 

वाइसिएलले देश तथा विदेशमा रहेका सहयोग गर्न चाहने शुभेच्छुकलाई प्रभु बैंकको कोटेश्वर शाखामा रहेको संगठनको खाता नम्बर ०२०००१००४३१७९००००००३ मा रकम जम्मा गर्न सकिने बताएको छ । सहयोगका लागि सार्वजनिक अपिल गर्दै वाइसिएलले सहयोगीको सहयोग विवरण र राहत तथा उद्धारको लागत विवरण पारदर्शी रूपमा सार्वजनिक गरिने जनाएको छ ।