मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार ३ बिहीबार १३:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच दिनदेखि सर्केगार्डमा खानेपानीको हाहाकार

Read Time : < 1 मिनेट
२०७८ असार ३ बिहीबार १३:४३:००

हुम्लाको सर्केगार्ड गाउँपालिका केन्द्रमा खानेपानीको हाहाकार भएको छ । मुहानबाट खानेपानी आउन छाडेपछि पाँच दिनदेखि खानेपानीको हाहाकार भएको हो । पाँच दिनदेखि धारोमा पानी नआउँदा नदीको धमिलो पानी खान बाध्य भएको सर्केगार्ड गाउँपालिका– ४ का भीमबहादुर सिंहले जानकारी दिए । 

विद्यालयमा रहेको एउटा धारोमा मात्रै सानो पानी आउने गरेको यहाँका स्थानीयले नदीको धमिलो पानी ल्याएर छानेर खाने गरेको सिंहले बताए ।

धारोमा पानी आउन छाडेपछि बजार क्षेत्र मात्रै नभई गाउँघरमा पनि पानीको हाहाकार भएको सिंहको भनाइ छ । कर्णाली नदीको धमिलो पानी ल्याएर कहिले आकाशको पानी थापेर खाने गरेको स्थानीयहरूले गुनासो गर्दै आएका छन् । खानेपानी नपाउँदा बजार क्षेत्रमा ठूलो समस्या भएको सर्केगार्ड गाउँपालिका– ४ का नवीन शाहीको दुःखेसो छ ।