१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ असार ३ बिहीबार १३:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अरुण नदीमा टिपर खस्दा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ असार ३ बिहीबार १३:३८:००

संखुवासभामा निर्माणाधीन रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउसगृह चिचिला गाउँपालिका– ३ पुखुवामा टिपर अनियन्त्रित भई अरुण नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

गएराति करिब १० बजेतिर अरुण तेस्रोको पावारहाउसगृहमा कार्यरत रहेको पाथिभरा कन्स्टक्सनको को बा५ख१४० नम्बरको टिपरले ढुंगा झार्ने क्रममा पछाडि ब्याक सर्दा अचानक अनियन्त्रित भई करिब तीन सय मिटर तल अरुण नदीको किनारमा खस्दा धनकुटा नगरपालिका घर भएका २२ वर्षीय दीपेन्द्र भट्टराईको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक काभ्रेपलाञ्चाेक भकुन्डेबेसीका २० वर्षीय नवराज श्रेष्ठको टाउकोमा सामान्य चोट र बायाँ हात भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक कविन राईले बताए ।

उनका अनुसार मृतकको पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । बहुचर्चित नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सजलज एसजेभिएन कम्पनीले गरिरहेको छ ।

चिचिला गाउँपालिका– ३ पुखुवामा पावारहाउस गृह निर्माणको काम पटेल इन्जिनिरिङ कम्पनीले गरिरहेको छ भने यता मकालु गाउँपालिका– ५ फ्याक्सिन्दामा ड्यामसाइडको काम जेपी एसोसियट कम्पनीले गरिरहेको छ ।