मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २ बुधबार १०:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

थप उपचारका लागि खनाललाई दिल्ली लैजाने तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार २ बुधबार १०:४८:००

पूर्वप्रम तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार नर्भिक अस्पताल भर्ना भएका खनालको श्वासप्रश्वासमा समस्या देखिएको छ ।

त्यस्तै शरीरमा हेमोग्लोबिनको पनि कमी देखिएको छ । करिब तीन साताअघि कोभिड संक्रमणका कारण खनाल नर्भिकमै भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार भएपछि डल्लुस्थित निवासमै आराम गरिरहेका खनालको स्वास्थ्यमा पुनः समस्या देखिएको हो । केन्द्रीय सदस्य निरज आचार्यका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य गोकर्ण विष्टलगायतले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिई दिल्ली लैजानेबारे परामर्श गरेका छन् ।

दिल्लीस्थित एपोलो वा मेदान्त अस्पताल लैजानेबारे चिकित्सकहरूको परामर्शमा एमालेले अन्तिम टुंगो लगाउने बताइएको छ ।