मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७८ असार २ बुधबार ०८:३५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डो लगातार पाँच युरोकप खेल्ने पहिलो खेलाडी

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ असार २ बुधबार ०८:३५:००

युरोकपको साविक विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एक दुर्लभ कीर्तिमान बनाएका छन् । चालू युरोकपको मंगलबार पुस्कार एरिना रंगशालामा हंगेरीविरुद्ध मैदानमा उत्रेलगत्तै रोनाल्डो लगातार पाँच युरोकप खेल्ने पहिलो खेलाडी बनेका छन् ।

सन् २००४ मा आफ्नै देशमा आयोजना भएको युरोकपमा रोनाल्डोले पहिलोपटक सहभागिता जनाएका थिए । त्यसवेला प्ले मेकर लुइस फिगोको कप्तानीमा रहेको पोर्चुगल फाइनलमा ग्रिससँग पराजित भएको थियो । 

त्यसपछि रोनाल्डो युरोकपमा सहभागी हुँदै आइरहेका छन् । रोनाल्डोकै कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो । पोर्चुगलले पहिलोपटक युरोकप उपाधि उचाल्दा फ्रान्स फाइनलमा पराजित भएको थियो । रोनाल्डोले अहिलेसम्म २१ खेल खेलेका छन् । जसमा उनले नौ गोल गेका छन् । रोनाल्डोले युरोकपमा एक हजार सात सय ९५ मिनेट मैदानमा बिताएका छन् । उनले विपक्षीको पोस्टमा एक सय २२ पटक गोलका लागि प्रयास गरेका छन् । 

सन् २००८ मा क्वार्टरफाइनल तथा सन् २०१२ मा पोर्चुगल सेमिफाइनलमा पुगेको थियो । रोनाल्डोले अहिलेसम्म राष्ट्रिय टोलीबाट एक सय ७५ खेल खेलिसकेका छन् । उनी विश्व फुटबलकै दोस्रो धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनले अहिलेसम्म एक सय चार गोल गरेका छन् ।