१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ असार २ बुधबार ०८:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढी-पहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न देउवाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ असार २ बुधबार ०८:२४:००

कांग्रेस सभापति शेरबहादुर देउवाले बाढी-पहिरोमा परेका जनतालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सभापति देउवाले विपद्का कारण सिर्जित संकटमा उद्धार र राहतका लागि खटिन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत गरेका छन् । 

केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका बिभिन्न ठाउँमा बाढी, पहिरो र कटानले विकराल रुप लिएको छ । बुधबार बिहानै सामाजिक सञ्जालमार्फत् सभापति देउवाले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत माग गरेका छन् ।

‘केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु,’ देउवाले भनेका छन्, ‘सरकारलाई तत्काल विपदमा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यकक राहत प्याकेज घोषणा गर्न माग गर्दछु।’