मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ८ बुधबार ०७:१०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

युरिक एसिड बढ्न नदिन यसो गरौं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ८ बुधबार ०७:१०:००

- शरीरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्ने गर्छ । तसर्थ खानपानमा विशेष ध्यान पु-याउनुपर्छ ।
- रातो मासु, सी–फुड, दाल, राज्मा, च्याउ, बन्दा, मटर पनिर, भिन्डीलगायत पदार्थको अत्यधिक सेवनले युरिक एसिड बढ्छ । यस्ता खानेकुरा ठिक्क मात्रामा मात्र खानुपर्छ । 
- पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । जसको माध्यमले बढीभन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कियोस् ।  
- दैनिक भोजनमा करिब ५ सय ग्राम भिटामिन समावेश गर्न जरुरी हुन्छ । 
- जबर्जस्ती कसरत गरेर तौल कम गर्दासमेत युरिक एसिड हुन्छ । 
 अत्यधिक औषधिको सेवन, थाइराइडमा समस्या, आइरनको मात्रा बढेमा र मदिरापानले युरिक एसिड बढ्छ । तसर्थ, यस्ता कुराबाट बच्न आवश्यक छ ।