मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार १ मंगलबार १५:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश : एमालेका तीन मन्त्री नीति तथा कार्यक्रमको मतदानमा उपस्थित नहुने 

Read Time : < 1 मिनेट
२०७८ असार १ मंगलबार १५:०१:००

एमालेका तीन मन्त्री नीति तथा कार्यक्रमको मतदानमा उपस्थित नहुने भएका छन् । सर्वोच्च अदालतको आदेशबाट सांसदमा पुनर्वहाली भएका एमालेका मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नीति तथा कार्यक्रम मतदान हुने बैठकमा उपस्थित नहुने भएका हुन् । 

उनीहरू आफैँ मन्त्री रहेको वेला नीति तथा कार्यक्रम आएकोले उनीहरूलाई विपक्षको स्थानमा बस्न संसद् सचिवालयले व्यवस्था गरेका कारणले उनीहरू नीति तथा कार्यक्रममा उपस्थित नहुने भएका हुन् ।

४ बजे प्रस्तुत हुने बजेटमा भने उपस्थित हुने नीति तथा कार्यक्रमको मतदानमा सहभागी नहुने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए । आफूहरूको सहभागिताविनै नीति तथा कार्यक्रम पास हुने अवस्था भएकाले बैठकमा सहभागी हुन जरुरी नभएको उनले जानकारी दिए । मंगलबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । 

३९ सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ३ जना मन्त्री बैठकमा उपस्थित नभएमा नीति तथा कार्यक्रम पास हुन सहज हुनेछ । उनीहरू उपस्थित नभएमा बैठकमा सभामुखसहित ३६ सांसद हुनेछन् ।  माओवादी केन्द्र र कांग्रेसका १८ सांसदले पक्षमा मतदान गरेमा नीति तथा कार्यक्रम पास हुनेछ ।